तपाईंको कम्प्युटरको Antivirus ले काम गरिरहेको छ ?

तपाईंको कम्प्युटरको Anti virus ले काम गरिरहेको छ ?
तपाईंले आफ्नो कम्प्युटरमा virus सुरक्षाको लागि अबस्य पनि कुनै Antivirus Software install गर्नु भएकै होला , तर तपाईंले install गर्नु भएको Antivirus ले राम्रो सँग सुरक्षाको काम गरी रहेकै छ त ? तपाईंले कसरी भन्न सक्नु हुन्छ कि मैले चलाई राखेको Antivirus ठीक छ र virus हरुलाई block गरिरहेको छ भनेर । के हामीले आफ्नो Antivirus software ले काम गरी रहेको छ कि छैन भनेर चेक गर्न सक्दैनौ ? European Institute for Computer Antivirus Research (EICAR) ले यस्तै एउटा फाइल Developed गरेको छ जुन फाइल द्वारा हामी आफ्नो Antivirus software चेक गर्न सक्छौ । तल लेखिएको code लाई कपि गरेर notepad मा पेस्ट गर्नुहोस् र कुनै नाम .com दिएर save गरिदिनुहोस् जस्तै: virus.com

X5O!P%@AP[4\PZX54(P^)7CC)7}$EICAR-STANDARD-ANTIVIRUS-TEST-FILE!$H+H*

यो फाइललाई डेस्कटपको location मा save गर्नुहोस् यदि तपाईंको Antivirus ले यो फाइललाई कम्प्युटरमा Run हुन दिएन अथवा Threats को रुपमा block गर्‍यो भने तपाईंको Antivurus ठीक छ भन्ने थाहा पाउनुहोस् नत्र यदि आफ्नो Anti virus ले यो फाइललाई block गरेन भने आफ्नो कम्प्युटरको Antivurus चेन्ज गर्ने तिर लाग्नुहोस् ।
ट्राइ गर्नुहोस् , मैले त आफ्नो Antivirals चेक गरिसके र मेरो Antivirus ले यसलाई Threats को रुपमा block गर्‍यो ।

Related Posts

तपाईंको कम्प्युटरको Antivirus ले काम गरिरहेको छ ?
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.