धेरै लिङ्कहरुलाई एउटै बनाउनुहोस्

धेरै लिङ्कहरुलाई एउटै बनाउनुहोस्

यदि तपाईँ एउटै मात्रै लिङ्क बाँडन चाहनुहुन्छ भने माथिका वा कुनै पनि url shortner ले काम गर्छन् । तर यदि तपाईँ एकै समयमा २ वा २ भन्दा बढी लिङ्कहरु बाँडन चाहनुहुन्छ भने यसको लागि तपाईँले multiple url shortner मा जानुपर्ने हुन्छ । जसको मद्दतबाट धेरै लिङ्कहरुलाई एउटै साझा लिङ्कमा बदल्न सकिन्छ।
यसरी धेरै लिङ्कहरुलाई एउटै साझा लिङ्कमा परिणत गराउन मिल्ने साइटहरु पनि धेरै नै छन् । http://fur.ly/ एउटा त्यस्तै साइट हो । जहाँबाट तपाईँ धेरै लिङ्कहरुलाई एउटै बनाउन सक्नुहुन्छ। यदि तपाईँ पनि धेरै लिङ्कहरुलाई एउटै साझा लिङ्कमा परिणत गर्न चाहनुहुन्छ भने http://fur.ly/ मा जानुहोस र
“Shorten multiple urls into one” लेखिएको ठाउँ मुनि हरेक लाइनमा आफूलाई छोट्याउन परेका लामा ठेगाना वा वेब एड्रेस हाल्नुहोस् र अन्तमा “GO” मा दबाउनुहोस्। अब तपाईको सबै लिङ्कहरुको एउटा साझा लिङ्क तयार हुन्छ। उदाहरणको लागि तलको चित्र हेर्नुहोस:


यसमा http://sumandangol-url.blogspot.com, http://bluecybercaffe.com ,र http://www.sujatad.blogspot.com गरी जम्मा तीनवटा युआरएललाई एउटै लिङ्कमा परिणत गरिएको छ । 
यसरी माथिका चारवटा लिङ्क एउटैमा परिणत भएर http://fur.ly/5q68 बन्छ र सो लिङ्कमा क्लिक गर्दा एउटा नयाँ पेज खुल्छ ।

सो पेजको माथीको लिङ्कबारमा रहेको ‘लेफ्ट’,  ‘राइट’ एरो वा ‘ड्रप-डाउन मेनु’ मा क्लिक गरेर तपाईँ सो पेज नछाडिकन माथिका कुनै पनि साइट हेर्न सक्नुहुन्छ। वा “open in new window” मा क्लिक गरेर कुनै पनि साइटलाई छुट्टै पेजमा खोल्न सक्नुहुन्छ ।

Related Posts

धेरै लिङ्कहरुलाई एउटै बनाउनुहोस्
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.