के तपाईं ले हास्न त बिर्सिनु भएन ।

अर्काको घरको शिशा
एउटा बच्चाले गुलेलि हानेर अर्काको घरको शिशा फुटालेछ, घरको मालिक बच्चाको घरमा आएर उसको परिवारसँग निउ खोजेछ । बच्चाको परिवारले भनेछन ए हजुर यो त पागल छ । त्यसो भए आफ्नो घरको शिशाचाहिँ किन फुटाउँदैन त ? होईन हजुर त्यत्ति नै पागल त छैन ।

::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

पाईलट बन्न चाहन्छु
बाबुले छोराको रिजल्ट हेरेपछि तँ जस्तो छोरात धर्तिको लागि बोझ होस ।
छोराले बाबुलाई भनेछ त्यहि भएर त म पाईलट बन्न चाहन्छु नि ड्याड ।

::::::::::::::::::::::::::::::::::::::::::::::::::::

बाबुको उमेर कति ?
तेरो बाबुको उमेर कति ?

मेरो बाबुको उमेर मेरै जति ।

पागल भईस कि के हो ?

किन पागल हुनु ? जुन दिन म जन्मेँ त्यहि दिन त उहाँ मेरो बुबा बन्नु भएको हो नि ।
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::

बिर्सने बाँनि
प्रेमि ; मेरो त बिर्सने बाँनि नै बसि सक्यो । के यो खतरा हुन सक्छ ?
प्रेमिका : किन हुँदैन यदि तिमिले सास फेर्न बिर्सियौ भने मर्न पनि सक्छौ ।

::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फेवाताल घुम्दा घुम्दै
दुईजना गफाडिकि गफ
पहिलो : हेर्न पोहोर साल मेरा काका पोखरा घुम्न जाँदा उहाँको घडि फेवा तालमा खसेर हराएको थियो तर हिजो भेटियो नि अनि थाहा छ घडिले त ठिक टयम पनि दिई रहेको रहेछ ।
दोस्रो : त्यति मात्रै मेरा बा पोहोर फेवाताल घुम्दा घुम्दै डुँगाबाट खसेर राएका थिए तर हिजोत घरै आईपुगे नित ।
पहिलो : (अचम्म मान्दै) होर अनि यत्रो १ वर्ष सम्म तेरा बा फेवाताल भित्र के गर्दै बसेछन्त ?
दोस्रो : के गर्नु नि पोहोर तेरो काका पोखरा घुम्न जाँदा फेवातालमा खसेको घडिमा दम दिँदै बसेछन नि त्यसैलेत तेरो काकाको घडिले ठिक टायम दिएछ ।

:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
कम्पनिमा कति वर्ष काम गर्यौ ?
मालिकले नोकर सँग सोधेछ, तिमिले त्यो कम्पनिमा कति वर्ष काम गर्यौ ? नोकरले भन्यो ५० वर्ष । मालिकले फेरि सोधे तिम्रो उमेर कति भयो ? नोकरले भन्यो ३० वर्ष ।
मलिकले अचम्म मन्दै सोधे अरे तिम्रो उमेर ३० वर्ष फेरि ५० वर्ष काम गरेँ भनेर भन्छौ । हजुर त्यहाँ मैले धेरै ओभर टाईम काम गरेको छु ।

:::::::::::::::::::::::::::::::::::::::::::::::::

दुई जनाको बाजि
दुई जनाको बाजि परेछ एकजनाको चाहिँ एउटामात्र आँखा रहेछ,
पहिलो : ए तँ धेरै देख्ने कि म धेरै देख्ने बाजि राखौं ।
दोस्रो : ए त्यसो हो भनेत सिधै मैले जिति हालेँ नि ।
पहिलो : कसरि ?
दोस्रो : तँ मेरो एउटा मात्र आँखा देख्छस म तेरो दुईओटै आँखा देख्छु ।
::::::::::::::::::::::::::::::::::::::::::::::::::::

स्वास्थ्य जाँचको लागि डक्टरकाहाँ
एक महिला हरेक सोमबार स्वास्थ्य जाँचको लागि डक्टरकाहाँ जान्थिन । डक्टरले सँधै स्वास्थ्य जाँच गरेपछि भन्थेकि तपाई एकदम ठिक हुनुहुन्छ । त्यसपछि महिला फिश तिरेर घर फर्किन्थिन । एक सोमबार ति महिलाले डक्टरलाई फोन गरेर भनिन्कि डक्टरसाव म आज आउन सक्दिन किनकि म अलि अस्वस्थ छु ।

:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

तपाईको चरणकि दासी
एकजना ममिला चेक लिएर बैंकमा पहिलो चोटि पैसा निकाल्न गईन । उनलाई बैंकका कर्मचारिले चेकको पछाडि साईन गर्न लगाये । ति महिलालाई थाहा भएन कि के गर्ने भनेर । उनलाई बैंकका एक क्लर्कले उनलाई सम्झाए, तपाईको नाम लेख्नुस् जस्तोकि आफ्नो पतिलाई लेख्दा लेखे जस्तै । यो सुनेर ति महिलाले तुरुन्त लेखन थालिनकि तपाईको चरणकि दासी।

:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

गाई, भैँसिले कहल्यै चस्मा लगाएको देख्नु भए
पिताजिले छोरासँग सोधेछन, तिमि कसरि प्रमाणित गर्छौकि हरियो सब्जि खानेको आँखा तेजिलो हुन्छ भनेर । यसको जवाफ छोराले मजाले दिएछकि , सजिलो छ बुवा, के तपाईले घोडा वा गाई, भैँसिले कहल्यै चस्मा लगाएको देख्नु भएको छ ?

:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

घुमफिर नगरि स्वर्ग जाने बाटो

कञ्जुस : पण्डित जि घुमफिर नगरि स्वर्ग जाने बाटो बताई दिनुस न !

पण्डित : किन नि ? घुमफिर गर्दै गए के हुन्छ ?

कञ्जुस : भाडा धेरै लाग्छ नि ।

:::::::::::::::::::::::::::::::::::::::

तपाईको नाम खोजेको

बाबा : बाबु तिमिले त्यो माटोमा के खोजेको ?

छोरा : तपाईको नाम खोजेको ।

बाबा : मेरो नाम किननि ?

छोरा : आमाले भनेको मैले तपाईको नाम माटोमा मिलाई दिएँ रे ।

::::::::::::::::::::::::::::::::::::::::::::::::::::

पैसाको सख्त जरुरत

प्रेमि : मलाई पैसाको सख्त जरुरत छ ।(मेरो बाबा बिमारिन हुनुहुन्छ )

प्रेमिका : पैसाको त मलाई पनि जरुरत छ ।

प्रेमि : किन के भयो ?

प्रेमिका : के हुनु नि ! तिमिलाई नै दिनलाई नि ।
:::::::::::::::::::::::::::::::::::::::::::::::

मलेसिया जाने बरेमा

दुईजना साथि साथि को गफ पहिलो : ए एता सुन्न म मलेसिया जाने बरेमा सोच्दैछु कति पैसा लाग्छ होला यार ? दोस्रो : अरे किन मलेसिया मात्रै जाहाँ जने सोचे पनि हुन्छ सोच्नलाई पैसा लाग्दैन मुर्ख ।
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

अन्तिम परिक्षाको तयारि

दुई जना साथिसाथिको गफ, श्याम : राम के हो तिम्रो हजुरआमात जतिबेला पनि रामायण पढिरहनुहुन्छ त ? रामले भन्यो हो यार उहाँ अन्तिम परिक्षाको तयारिमा हुनुहुन्छ ।

:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

ज्वाँईलाई दाईजोमा दिएँ

एक भिखारिले अर्को भिखारिलाई भनेछ अरे तँत बसपार्कमा भिख माग्दै थिईस त यहाँ कसरि आईपुगिस अर्को भिखारि ए त्यो ठाँउत मैले मेरो ज्वाँईलाई दाईजोमा दिएँ नि त !
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

पैसालाई रुपिया बनाउन
छोरी: आमा अब हामी धनी हुने भयौं ।

आमा : कसरी छोरी ?

छोरी : भोलि देखि हामीलाई मिसले पैसालाई रुपिया बनाउन सिकाउनु हुन्छ रे ।

हा हा हा हा हा

:::::::::::::::::::::::::::::::::::::::::::

एउटा मात्रै नराम्रो बानी

स्कुलमा सर र विद्यार्थी बिचको कुराकानि ।

सर : राम तिमि चुरोट खान्छौ हो ?

राम : होईन सर ।

सर : तास खेल्छौ ?

राम : खेल्दिन सर ।

सर : मदिरापान गर्छौ ?

राम : गर्दिन सर ।

सर : तिम्रो त सबै बानि राम्रो रहेछ त ।

राम : मेरो सबे बानि रम्रो छ । तर एउटा चाहि बानि नराम्रो छ ।

सर : के चाहि बानि नराम्रो छ त तिम्रो ?

राम : सर मेरो ढाँट्ने चाँहि बानि नराम्रो छ ।
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

अर्को जन्ममा

गोपाल : तिमी अर्को जन्ममा के भएर जन्मन चाहन्छौ ?

हरि : म सांङ्गला भएर जन्मन चाहन्छु ।

गोपाल : किन ?

हरि : किनकी मेरी श्रीमती सांङ्गलादेखि मात्र डराउछिन् ।

:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

चोरलाई गएर भन्दे

छोरा, बुवा आमाले भन्नुभएको छिटो आउनुस् रे।

बुवा, (निन्द्रैमा) किन ?

छोरा, चोर आयो रे ।

बुवा, ह्या त्यो चोरलाई गएर भन्दे, बुवालाई आज निन्द्रा लागेको छ रे भोलि आउनुरे

::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::



Provided By:
Suman Dangol

Related Posts

के तपाईं ले हास्न त बिर्सिनु भएन ।
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.